एमाले दशौं केन्द्रीय कमिटी बैठकमा परिणत

०४ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखिरहेका छन् ।

यो बैठकलाई दशौं केन्द्रीय कमिटी बैठक भनिएको छ । गएको २३ फागुनमा एमाले पुनस्र्थापना भएपछि ओलीले एक्लौटी बैठक राख्दै आएका थिए । गएको १८ असारमा मात्रै १३औं केन्द्रीय कमिटी बैठक राखिएको थियो ।

तर आज बसेको बैठकलाई दशौं भनिएको छ । पार्टी एकता जोगाउने गरी दश बुँदे सहमति भएपछि बसेको पहिलो बैठकलाई दशौं भनिएको हो ।नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअगाडि एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment