भोलि सोमबार खोप केन्द्रहरुको निरीक्षण गर्दै प्रधानमन्त्री देउवा

०३ साउन, काठमाडौं । भोलि (सोमबार) बाट सुरु हुने जोन्सन एण्ड जोन्सजको खोप अभियान प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वासथ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरुको स्थलगत भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आजै प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागलाई खोप खरीदको प्रक्रियालाई चुस्त पार्न सिंहदरवार बोलाएर निर्देशन समेत दिएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment