नेप्से ९७.२१ अंकले बढ्यो : ११ अर्ब ६३ करोड ८१ लाख बराबरको कारोबार

०३ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज कारोबार उत्साह देखिएको छ । आज आइतबार नेप्सेमा उच्च अंकको बृद्धि भएको छ ।

आज नेप्से ९७.२१ अंकले बढेर दुई हजार आठ सय ८० दशमलब ६१ विन्दुमा पुगेको छ । त्यस्तै आज कारोबार रकम पनि बढेको छ । आज ११ अर्ब ६३ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा समृद्धी फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आइतबार समृद्धी फाइनान्स कम्पनीको शेयरमूल्य ४६.९० रुपैयाँले बढेर प्रतिकित्ता ५१५ पुगेको छ भने सिन्धु विकास बैंकको ४०।१० रुपैयाँले बढेर प्रतिकित्ता ४४१ पुगेको छ । यसैगरि, आज ङादी ग्रुप पावरको ५७ रुपैयाँले बढेर प्रतिकित्ता ६२७ पुगेको छ भने हिमालयन पावर पार्टनरको ४९.९० रुपैयाँले बढेर ४९३ र सिंगटी हाइड्रोको ४३.३० रुपैयाँले बढेर प्रतिकित्ता ४७६ पुगेको छ ।

त्यस्तै, आज एनआइबीएल समृद्धी फण्डको शेयरमूलयमा उच्च गिरावट आएको छ । यसको शेयरमूल्य आज करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा मञ्जुश्री फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज ४० करोड भन्दा बढीको कारोबार भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment