झलनाथ खनाको अस्पतालबाटै अपिलः ‘देउवालाई विश्वासको मत दिनु’

०३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् ।

दिल्लीको अपोलो अस्पतालमा उपचारत नेता खनालले वक्तव्य जारी गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई देउवालाई विश्वासको मत दिन अपिल गरेका हुन् ।

उनले आफ्नो मत पनि देउवाकै पक्षमा हुने बताउँदै संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूपक्षका सम्पूर्ण संसदीय दलका सदस्यहरुलाई देउवालाई विश्वासको मत दिन आह्वान गरेका छन् ।

उनले सर्वोच्च अदालतको फैसलालाई पनि स्वागत गरेका छन् । सर्वोच्चले असंवैधानिक कदमलाई बदर गर्दै संविधान ट्र्याकमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको प्रति धन्यवाद प्रकट गरेका छन् ।

साथै अदालतको आदेशलाई मान्नुपर्ने सबै राजनीतिक दलको कर्तव्य रहेको बताउँदै आदेशप्रति बिमती राख्न पाउने तर कूनैपनि किसिमको भण्डाफोर तथा आन्दोलन गर्नु कानुनको विरुद्ध हुने भएकोले सचेत रहने आग्रह गरेका छन् ।

खनालले आफ्नो स्वास्थ्य अवस्था पनि क्रमिक रुपमा सुधार हुँदै गएको जानकारी दिएका छन् .



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment