ओली सरकारले नियुक्त गरेका ९ जना राजदूत फिर्ता बोलाउने सरकारको निर्णय ‘सुची सहित’


०३ साउन, काठमाडौं । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

यसअघि ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो । तीनमध्ये दुई जना परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको नियुक्त भने खारेज नहुने भएको छ ।

संसद् विघटन गरेका कारण संसदीय सुनुवाइ बिनै ती राजदूतहरुको नियुक्ति गरिएको भन्दै विवाद हुँदै आएको थियो ।

ओली सरकारले परराष्ट्र सेवाबाट सिफारिस गरेका राजदूतहरूमा अस्ट्रियाका लागि निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ छन्। बाँकी नौजना राजनीतिक नियुक्तिअन्तर्गत सिफारिसमा परेका थिए।

फिर्ता बोलाउने निर्णय गरिएका राजनीतिकआधारमा सिफारिसमा परेका राजदूतहरु ?

– दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा
– अस्ट्रेलियाका लागि सुम्नीमा तुलाधर
– बहराइनका लागि युवराज कार्की,
– श्रीलंकाका लागि रमेशचन्द्र पौडेल
– म्यानमारका लागि नारायणप्रसाद संग्रौला
– ब्राजिलका लागि कुलप्रसाद नेपाल
– डेनमार्कका लागि सुमीत्रा सुवेदी
– साउदी अरेबियाका लागि मेराज मुसलमान
– रसियाका लागि जंगबहादुर चौहान



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment