नागर्जुन नगरपालिकाद्धारा तेक्वान्दो प्रशिक्षकश्री नोर्बु लामा सहित ६ खेलाडी सम्मानित

०२ श्रावण, काठमाडौँ । नेपालमा सम्पन्न तेहौ्र दक्षिण एशियाली खेलमानागर्जुन नगरपालिकाभित्रबासोबास गर्ने ६ पदकधारी खेलाडी तथाप्रशिक्षक सम्मानितभएका छन् । तिनमहिना अगाडी सम्पन्नगरिएको विर गणेशमान राष्ट्रिय बक्सीङ्गप्रतियोगीताको समिक्षातथा सम्मानकार्यक्रमकलंकी स्थितअम्रेलाइभेन्दस्माश्री विर गणेशमान सिंह फाउन्डेसनका केन्द्रिय सदस्यश्री प्रभाषमानश्रेष्ठको विशेष आतिथ्यतामाकार्यक्रम सम्पन्नभएको थियो ।

उक्त कार्यक्रममा विर गणेशमान बक्सीङ्ग प्रतियोगीतामा सहयोग गर्नु हुने विभिन्न व्यक्तित्वहरुलाई सम्मानगर्नुका साथै तेह्रौ दक्षिण एशियाली खेलकास्वर्णपदकधारी तेक्वान्दो खेलाडी श्री सन्जीलातिमल्सिना र जुडोकाश्री देविका खड्का जनही रु २५,०००/– त्यस्तै जुडोकै रजतपदक धारी इन्द्र बहादुर श्रेष्ठ र मनिता श्रेष्ठ प्रधानले जनही रु १५०००/– , तेक्वान्दोकाअस्मिता खड्का र अश्मिन राउतले रु १०,०००/– र तेक्वान्दो प्रशिक्षकश्री नोर्बु लामाले रु ५५,०००/– नगद सहित सम्मान पत्रद्धारा सम्मानित भएका थिए । तेक्वान्दो प्रशिक्षक लामा विगत २५ वर्षदेखि नागर्जुन ९ स्थित स्यूचाटार तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक हुनुहुन्छ भने तेह्रौ दक्षिण एशियाली खेलमापनि तेक्वान्दोको टिम प्रशिक्षक हुनुहुन्थ्यो ।

सम्मानितहुनु भएका तेक्वान्दोका तीन खेलाडि स्यूचाटार तेक्वान्दो डोजाङ्गका खेलाडीहरु हुन् । उक्त कार्यक्रममा नार्गजुननगर पालिकाका मेयर श्री मोहन बहादुर बस्नेतज्यूले खेलाडी राष्ट्रका गहनाहुन् र पदकधारी खेलाडीहरुलाई सम्मान गर्न पाउदा हर्षित भएको र छिटै नै नार्गजुन नगरपालिकालाई खेलकुदमय बनाउनलाई Indoor Hall हरु बनाउन र बनाउदै गरेकाहलहरुलाई तयार गर्न समेत तत्पर रहनु भएको कुरा व्यक्तगर्नु भएको थियो । तेक्वान्दो खेललाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा तयार गर्नको लागि सदैव सहयोग गर्ने कुरा व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता श्री श्यामकृष्ण खड्का ज्यू तथा जील्ला तथा नगर स्तरिय नेताहरुको साथै नार्गजुन ६, ७, ९ र १० का वडाअध्यक्षहरुको पनि उपस्थिती रहेको थियो । स्युचाटार तेक्वान्दो डोजाङ्गका अध्यक्ष श्री ईश्वर विडारी तथा कोषाध्यक्ष श्री लव के.सी तथा प्रशिक्षक श्री सरोज बास्कोटाको पनि उपस्थिती रहेको थियो । कार्यक्रम तारकेश्वर युवा क्लबकाअध्यक्ष श्री सन्तोष बुढाथोकीज्यूले संचालन गर्नु भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment