खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

०१ श्रावण, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप अभियानका लागि खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ ।

खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार खोप केन्द्रमा धेरै लामो लाइन देखिएकोले आवश्यकताअनुसार खोप केन्द्र थप गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै कोरोनाविरूद्ध खोप लगाउन पनि प्रधानमन्त्री देउवाको आग्रह छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment