कोरोनाको तेस्रो लहर सुरु भएको डब्लुएचओको भनाई

०१ साउन, जेनेभा । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको तेस्रो लहर सुरु भएको जनाएको छ । बिहीबार आयोजित नियमित प्रेस ब्रिफिङमा डब्लुएचओ निर्देशक टेड्रोस एदानोम गेब्रासिसले विश्व तेस्रो लहरको प्रारम्भिक चरणमा रहेको बताए ।

‘दुर्भाग्यपूर्णरुपमा हामी तेस्रो लहरको प्रारम्भिक चरणमा छौं’ उनले भने ।

तेस्रो लहर सुरुआत हुनुमा संसारका ११० भन्दा बढी मुलुकमा फैलिएको डेल्टा प्रजाति जिम्मेवार रहेको समेत उनले बताए ।

सामाजिक आवागमनमा वृद्धि र सामाजिक दूरीको नियम पालना नहुँदा डेल्टा भेरिएन्ट फैलिएको डब्लुएचओले जनाएको छ । डेल्टा भेरिएन्ट फैलँदा मृत्यु र संक्रमण संख्यामा वृद्धि भएको जनाइएको छ ।

गतसाता निर्देशक टेड्रोसले डेल्टा निकै संक्रामक रहेको र विश्वका १११ मुलुकमा फैलिएको जनाएका थिए । चारसाता यता विश्वभर डेल्टाको कारण संक्रमण संख्यामा पुनः वृद्धि भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment