एक वर्षमा १६६३ अंकले बढ्यो शेयर बजार, साढे ३ खर्बको धितोपत्र थपिँदा साढे ५६ अर्बको बिक्री अनुमति

३१ असार, काठमाडौँ । शेयर बजार सूचक मापक नेप्से एक वर्षमा १६६३ अंकले बढेको छ ।विसं २०७७ असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ जेठ मसान्तमा १६६३ अंकले बढेर ३०२५.८ बिन्दुमा पुगेको हो ।

यसैगरी विसं २०७८ जेठ मसान्तमा धितोपत्र बजार पूँजीकरण अघिल्लो आवको यसै अवधिको तुलनामा २४ खर्ब २४ अर्ब रुपैयाँले बढेर ४२ खर्ब १६ अर्ब पुगेको छ । २०७७ असार मसान्तमा बजार पूँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।

२०७८ जेठमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ५ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् । विसं २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँंजीकरणको हिस्सा ६८.४ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.९ प्रतिशत, लगानी कम्पनीको ८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ३.७ प्रतिशत, होटेलको १.५ प्रतिशत, व्यापारिक संस्थाको ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको ९.० प्रतिशत रहेको छ ।

तीन खर्ब ३२ अर्बको धितोपत्र सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०७८ जेठसम्ममा कुल ३ खर्ब ३२ अर्ब ८७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा २ खर्ब १९ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र ४३ अर्ब ५८ करोड बराबरको बोनस शेयर, ४२ अर्ब १७ करोड बराबरको साधारण शेयर, १७ अर्ब ५५ करोड बराबरको डिबेन्चर, ५ अर्ब ५२ करोड बराबरको हकप्रद शेयर र ४ अर्ब १० करोड बराबरको म्युचुअल फण्डको इकाई सूचीकृत भएको हो ।यस अवधिमा सूचीकृत ५ अर्ब ८२ करोड शेयरको चुक्ता मूल्य ५ खर्ब ७२ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।

५६ अर्ब ५३ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले २९७८ जेठ मसान्तसम्म कुल ५६ अर्ब ५३ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

समीक्षा अवधिमा २० अर्ब ५४ करोड बराबरको डिबेन्चर, १४ अर्ब ५ करोड बराबरको हकप्रद शेयर, १३ अर्ब ५४ करोड बराबरको साधारण शेयर र ८ अर्ब ४० करोड बराबरको म्युचुअल फण्डको इकाई जारी गर्न बोर्डले अनुमति दिएको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment