सगरमाथा अन्तराष्ट्रीय करातेमा नेपाल टिम प्रथम, प्रत्युस र रश्मिता उत्कृष्ठ

३० असार, काठमाडौं । नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार शाखा डोजो नक्सालको २२ बार्षिक उत्सवको अवशरमा आयोजित सातौ सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा बिष्णुदेबी डोजो नेपाल टिम प्रथम भए भने भारत टिम दोश्रो र बेलौरी नगरपालिका कन्चनपुर बेष्ट फेयर प्ले टिम र लालझाडी गाउपालिका कन्चनपुर उत्कृष्ठ अुशासित टिम घोषित भए । पुरुष तर्फ भारतका प्रत्युस सिंह र महिला तर्फ नक्साल डोजो नेपालकी रश्मिता श्रेष्ठ उत्कृष्ठ खेलाडी घोषित भईन भने उदयीमान खेलाडीको उपाधी आयोजक नेपालकी दिलाशा श्रेष्ठले हात पारिन ।उक्त प्रतियोगितामा पुरुष तर्फको

  • ३५ किलो तौल समुहमा सन्देश तामाङ्ग -प्रथम,रोजन अधिकारी-दोश्रो ,प्रशन्न दाहाल -तृतीय र बिरेन्द्र बोहोरा-तृतीय हुन सफल भए । पुरुष तर्फकै
  • ४० किलो तौल समुह :- प्रत्युस सिंह -भारत प्रथम,कुस्विन आले नेपाल दोश्रो ,अन्कित हुमागाई-तृतीय,दिप राना मगर-तृतीय भए ।
  • ४५ किलो तौल समुहमा सुवास परियार-भक्तपुर प्रथम,राजेन्द्र पाखरिन-घण्टाघर दोश्रो,पाल्दे स्याङवो -नक्साल तेश्रो हुन सफल भए ।
  • ५० किलो तौल समुह मा विवेन्द्र तामाङ्ग-बौद्घ प्रथम,धन बहादुर सुनार सोतोकान दोश्रो,सुदिप बलामी-नक्साल तेश्रो,सागर तामाङ्ग-सोतोकान तेश्रो स्थान हात पारे ।
  • ५५ किलो तौल समुहमासुविन खत्री-मेनडोजो प्रथम, बिप्लव खड्का-सोतोकान दोश्रो, गणेश चौधरी-लालझाडी गा.पा.कनचनपुर तेश्रो, निरज नाथ-लालझाडी गा.पा. तेश्रो स्थानमा चित्त बुझाए । त्यसैगरि
  • ६० किलो तौल समुह मा सत्यनारायण मौर्या-भारत प्रथम, जुन कुमार थामी -मेनडोजो दोश्रो, किरन चन्द बेलौरी न.पा.कन्चनपुर तेश्रो, प्रकाश तिरुवा-लालझडी गा.पा.कन्चनपुर तेश्रो भए भने
  • ६७ किलो तौल समुहमा शन्देश बास्कोटा-बिष्णुदेबी प्रथम,निमा शेर्पा -बौद्ध दोश्रो,पारस मणी भण्डारी -लालझडी कन्चनपुर तेश्रो ,अँकित यादव-भारत तेश्रो हुन सफल भए । त्यसै गरि
  • ७५ किलो तौल समुहमा हिमाङसु यादव-भारत प्रथम,सुनिल कुमार-लालझाडी कन्चनपुर दोश्रो,शरद प्रसाद धिताल-नक्साल तेश्रो,प्रभात भण्डारी -बझाङ्ग तेश्रो भए ।
  • ८४ किलो तौल समुहमा अजय मोक्तान-बौद्ध प्रथम,सोनम बलामी-नक्साल दोश्रो,कैलाश जोशी बेलौरी कन्चनपुर तेश्रो भए ।

पुरुष तर्फ एकल कातामा प्रेम कुमार चन्द-सोतोकान प्रथम, अर्पित सिंह-भारत दोश्रो,दिपेश तामाङ्ग-नक्साल तेश्रो हुन सफल भए ।

यसै गरि महिला तर्फ,

  • ३५ किलो तौल समुह मा श्रृजन तामाङ्ग-बौद्ध प्रथम,प्रतिका कुवर-नक्साल दोश्रो ,प्रकृति बिष्ट-लालझाडी कन्चनपुर तेश्रो ,पुनम भारती-लालझाडी कन्चनपुर तेश्रो हुन सफल भए भने- ४० किलो तौल समुहमा शरिता तामाङ्ग -भक्तपुर प्रथम,अन्जली राना-लालझाडी कन्चनपुर दोश्रो,शदिक्षा ठगुन्ना -बेलौरी कन्चनपुर तेश्रो,रेनु जोशी तेश्रो भए ।

त्यसैगरि

  • ४५ किलो मा शिरुशा भोजु-भक्तपुर प्रथम,ईशा वाईवा-नक्साल दोश्रो,सुभेक्षा आले मगर-घण्टाघर तेश्रो,ममता शाह साकार-बिष्णुदेवी तेश्रो,आरजु कार्की – बेलौरी कन्चनपुर तेश्रो हुन सफल भए ।
  • ५० किलो तौलमा मोनिका तामाङ्ग-बौद्ध प्रथम,नविना डिमडोङ-बिष्णुदेबी दोश्रो,अनुष्का रावल- बेलौरी कन्चनपुर तेश्रो,बिभुषा तामाङ्ग-भक्तपुर तेश्रो भए ।
  • ५५ किलो समुहमा रमिता माझी -नक्साल प्रथम,अस्मिता लामा -बिष्णुदेवी दोश्रो,कमलेश्वरी राना -लालझाडी कन्चनपुर तेश्रो,निशा राई-बौद्ध तेश्रो भए ।
  • ६१ किलोमा कोपिला लिम्वु-बिष्णुदेवी प्रथम,दिलाशा श्रेष्ठ नक्साल दोश्रो ,छिरिङ डोल्मा शेर्पा-नक्साल तेश्रो भए ।
  • ६७ किलो मा कला लिम्वु-बिष्णुदेवी प्रथम,रश्मिता श्रेष्ठ -नक्साल दोश्रो रहुन सफल भए ।
  • ६८ किलो तौल समुहमा अस्मिता प्रजा-नक्साल प्रथम,शरिता तामाङ्ग – बिष्णुदेवी दोश्रो,करुना कुंवर तेस्रो र प्रमिला खपाङ्गी -नक्साल तेश्रो स्थानमा चित्त बुझाए ।

महिला एकल काता तर्फ खुस्वु जयसवाल -चामुण्डा स्कुल प्रथम, कृतिका थापा -चामुण्डा दोश्रो, रश्मिता श्रेष्ठ-नक्साल तेश्रो र शुवेक्षा आले मगर तेश्रो भए ।

बिजेता खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिव रमेश कुमार सिलवाल,राष्ट्रिय खेलकुद परिषदका सदस्य पुरेन्द्र बिक्रम लाखे, महेश कुमार श्रेष्ठ, अन्तराष्ट्रिय निर्णायक राजेन्द्र कपाली, अन्तराष्ट्रिय निर्णायक महृश रन्जित, ओलम्पियन दिपक बिष्ट, सोतोकान करातेका अध्यक्ष निवाश गोपाल बैध, आयोजक का अध्यक्ष एबम गजेन्द्र बहादुर खपाङ्गी, नेपाल सितोरियो कराते संघका कार्यलय प्रमुख राजेन्द्र क्षेत्री, १३ ओै सागका दोहोरो स्वर्ण बिजेता मण्डेकाजी श्रेष्ठ, बरिष्ठ प्रशिक्षक दोर्जे लामा लगायतले पुरस्कार बितरण गर्नुभयो ।

उक्त कार्यक्रममा खेलकुद क्षेत्रमा बिशिष्ठ योगदान पुर्याए बापत करातेका राजेन्द्र क्षेत्री तेक्वाण्डो का प्रशिक्षक मनोज खड्गी, सोतोकान करातेका निवाश गोपाल बैध,करातेका अन्तराष्ट्रिय निर्णायक राजेन्द्र कपाली ,करातेका राष्ट्रिय निर्णायक बद्री कुमार खत्री, नक्साल डोजोक संस्थापक सदस्य प्रमिला खपाङ्गी, सोमलाल बलामी ,राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु रश्मिता श्रेष्ठ, सोनम वलामी, आकाश पाल, उमेश गुरुङ्ग, दिलाशा श्रेष्ठलाई सम्मान-पत्र द्धारा सम्मान गरेका थिए ।

असार २६ देखि सन्चालन भएको उक्त प्रतियोगिताको उदघाट्न पुर्व बाणिज्य तथा आपुर्ती मन्त्री एवम नेकपा ( माओवादी केन्द्र ) का केन्दिय सदस्य गणेशमान पुनले गर्नु भएको थियो । करिव तीनसय जना खेलाडी सहभागी भएको उक्त प्रतियोगिता बिशेष स्वास्थ्य सावधानी अपनाउँदै एक पटकमा २५ जना भन्दा कम सहभागि गरि पटक-पटक प्रतिस्पर्धा गराईएको थियो । तीन दिनसम्म भएको उक्त प्रतियोगिता टिटी कभर्डहल लैनचौरमा सन्चालन भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment