फेडेररले ओलम्पिक नखेल्ने

३० असार, एजेन्सी । स्विस खेलाडी रोजर फेडेररले जापानमा टोकियो ओलम्पिक नखेल्ने भएका छन् ।

विश्व वरीयतामा नवौं स्थानमा रहेका फेडेररले सामाजिक संजालबाट आफु ओलम्पिक नखेल्ने बताएका छन् ।

टोकियो ओलम्पिक यहिँ जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

तर, घुँडाको चोटको कारण देखाउदै फेडेररले ओलम्पिक नखेल्ने बताएका छन् ।

३९ वर्षीय फेडेररले हालै विम्बल्डन टेनिस खेलेका थिए । उनी क्वाटरफाइनलबाट बहिरिएका थिए ।

फेडेररले ओलम्पिकमा डबल्समा मात्र स्वर्ण जितेका छन् । २० पटकको ग्राण्डस्लाम विजेता फेडेररले सन् २००८ को बेईजिङ ओलम्पिकमा डबल्समा स्वर्ण जितेका थिए ।

यस्तै बेलायती महिला खेलाडी जोहना कोन्टाले समेत ओलम्पिक नखेल्ने भएकी छिन् ।

कोन्टाको टिमलाई कोरोना भाईरसको संक्रमण देखिएपछि उनीले ओलम्पिक गुमाउने भएकी हुन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment