माधव नेपाल निवास कोटेश्वरमा विपक्ष गठबन्धनको बैठक सुरु

२८ असार, काठमाडौं । विपक्षी गठबन्धनका नेताहरु नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्व रमा भेला भएसँगै बैठक सुरु भएको छ ।

सोमबार सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गरेपछि विपक्षी गठबन्धनका नेताहरु अब कसरी अघि बढ्न सकिन्छ भन्नेलगायत सन्दर्भमा बैठकमा छलफल गर्न लागेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि एकढिक्का भएका विपक्ष गठबन्धनका १४६ सांसद सर्वाेच्चमा उक्त कदमविरुद्ध मुद्धा दायर गरेका थिए ।

दायर गरिएको उक्त मुद्धा सर्वाेच्चले सोमबार निवेदकको पक्षमा फैसला गरेको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आबद्ध रहेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment