एमालेको आन्तरिक जीवनमा १० बुँदे सहमति अत्यन्तै सुखद : ईश्वर पोखरेल

२८ असार, काठमाडौं । एमाले नेता ईश्वर पोखरेलले पार्टीको आन्तारिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका सदस्यहरुलाई धन्यवाद दिएका छन् ।

‘नेकपा (एमाले)मा लामो समयदेखि देखा परेको समस्याको समाधानका लागि गठित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका साथीहरूलाई धन्यवाद’ पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले नेकपा (एमाले)को आन्तरिक जीवनमा यो अत्यन्तै सुखद पक्ष भएको बताएका छन् । उनले भनेका छन्, ‘अब हामीले पार्टी र संगठनलाई मजबुत बनाउँदै पार्टीलाई नयाँ शिराबाट उठाउन जरूरी छ । नेकपा (एमाले) एकतावद्ध रूपमा देश र जनताको समस्या समाधान गर्न केन्द्रित रहन्छ ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment