नेप्सेमा कोरोबारको पहिलो दिन आज आइतबार उच्च अंकको बृद्धि

२७ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कोरोबारको पहिलो दिन आज आइतबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ७४.७१ अंकले बढेर दुई हजार आठ सय ९९ दशमलब ८२ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । आइतबार नेप्सेमा ८ अर्ब ६ करोड १३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।

नेप्सेका अनुसार आज २४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्य बढ्ने कम्पनीहरुमा गोर्खाज फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, आइसीएफसी फाइनान्स कम्पनी, साइन रेसुङ्गा बैंक, मल्टीपर्पोज फाइनान्स कम्पनी, समृद्धी फाइनान्स कम्पनी, महालक्ष्मी बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् ।

त्यस्तै, आज गुडवील फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, ज्योति विकास बैंक, प्रोग्रेसिभ फाइनान्स कम्पनी, बेष्ट फाइनान्स कम्पनी, कर्णालि डुभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स, जानकी फाइनान्स कम्पनी, पोखरा फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर्श, कामना सेवा विकास बैंक र सिन्धु विकास बैंकको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

त्यसैगरि, आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज करिब ४० करोडको कारोबार भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment