मार्टिनेज कोपाको उत्कृष्ट गोलरक्षक – मेस्सी

२७ असार, एजेन्सी । अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज कोपाको उत्कृष्ट गोलरक्षक बने । उनी यो उपाधि जित्ने पहिलो अर्जेन्टिनी खेलाडी हुन् ।

अर्जेन्टिनाको फाइनलमा यात्रामा सेमिफाइनलमा मार्टिनेजले पेनाल्टी सुटआउटमा कोलम्वियाको ३ पेनाल्टी बचाएको थिए । फाइनलमा पनि मार्टिनेजले केही सुन्दर बचाउ गरेका थिए ।

यसैबीच अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले गोलरक्षक मार्टिनेजको प्रशंसा गरेका छन् । मेस्सीले सामाजिक संजालमा पनि मार्टिनेजलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन् ।

मार्टिनेजले अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीबाट यसै वर्ष डेब्यु गरेका हुन् । प्रिमियर लिग क्लब एस्टन भिल्लामा उच्च प्रदर्शन गरेपछि उनी चर्चामा आएका थिए । त्यसअघि आर्सनलमा लामो समय रहेपनि उनले अवसर पाएका थिएनन् । उनले लोनमा अन्यत्र भने केहि खेल खेलेका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment