उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्दै

२७ असार, एजेन्सी । कोपा अमेरिका कपको उपाधिका लागि आइतबार बिहान साविकको विजेता ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ । यि दुई टोलीबीचको खेल माराकाना स्टेडियममा नेपाली समयअनुसार आइतबार बिहान ५ः४५ बजे हुनेछ ।

ब्राजिल १०औं तथा अर्जेन्टिना १५औं पटक कोपाको च्याम्पियन बन्ने दाउमा हुनेछ । अर्जेन्टिना च्याम्पियन बन्न सके उरुग्वेको सर्वाधिक कीर्तिमानलाई बराबरी गर्नेछ ।

कोपा अमेरिका २०२१ को फाइनलमा ब्राजिल र अर्जेन्टिनाले आफ्नो सुरुवाती ११ घोषणा गरेका छन् । अर्जेन्टिनाले टोलीमा ५ परिवर्तन गर्दा ब्राजिलले भने कुनै परिवर्तन गरेको छैन ।

अर्जेन्टिनाले आक्रमणमा एन्जल डी मारियालाई अवसर दिएको छ । उनले लाउटारो मार्टिनेज र कप्तान लिओनेल मेस्सीलाई साथ दिनेछन् । अघिल्लो खेलमा निको गोन्जालेजले सुरुवाती रोजाइमा खेलेका थिए ।

त्यस्तै मिडफिल्डमा लिएन्द्रो पारेडेसले गिदो रोड्रीग्वेजको स्थान लिएका छन् । उनीसँग जिओभानी लो सेल्सो र रोड्रीगो डे पलले खेल्नेछन् । डिफेन्समा मार्कोस अकुना, गोन्जालो मोन्तिएल र क्रिस्टियन रोमेरो टोलीमा आएका छन् । निकोलस ओटामेन्डी नियमित छन् भने गोलरक्षक एमिलियानो मार्टिनेज पनि सुरुवात गर्दैछन् ।

यता ब्राजिलले सेमिफाइनलमा खेलेको टोलीलाई नै फाइनलमा उतारेको छ । गोलरक्षकमा एडरसनले नै निरन्तरता पाउँदा डिफेन्समा रेनान लोडी, थियागो सिल्भा, मर्किन्हस र ड्यानीलो रहेका छन् । रक्षात्मक मिडफिल्डमा क्यासेमिरो र फ्रेड छन् ।

ब्राजिलको आक्रमणको आकर्षणमा स्टार फरवार्ड नेयमार नै रहेका छन् । उनलाई रिचार्लीसन, लुकास पाक्वेटा र एभर्टनले साथ दिनेछन् । फरवार्ड ग्याब्रिएल जेसस प्रतिबन्धका कारण उपलब्ध नहुँदा एभर्टनले अवसर पाएका हुन् ।

अर्जेन्टिना (४-३-३):

मार्टिनेज : अकुना, ओटामेन्डी, रोमेरो, मोन्तिएल : डे पल, पारेडेस, लो सेल्सो : डी मारिया, मार्टिनेज, मेस्सी

ब्राजिल (४-२-३-१):

एडरसन : ड्यानीलो, मार्किन्हस, सिल्भा, लोदी : क्यसेमिरो, फ्रेड : रिचार्लीसन, पाक्वेटा, एभर्टन : नेयमार



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment