चीनबाट आठलाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

२५ असार, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ चीनबाट आठ लाख नौ हजार ६०० डोज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले आज बिहान ६ः२१ बजे खोप चीनको बेइजिङबाट काठमाडौं ल्याएको निगमका पाइलट दिपु ग्वार्चनले जानकारी दिनुभयो ।

वाइडबडी जहाजमा १७ हजार ६०० बक्स खोप टाएको थियो जसमा एक बक्समा ४६ डोज रहेकाले जम्मा यस पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको ग्वार्चनले बताउनुभयो । खोप ल्याउन निगमको पहिलो उडान बिहीबार ३ः३०बजे बेइजिङतर्फ प्रस्थान गरेको थियो ।
सरकारले सरकार–सरकार (जिटुजी) मार्फत चीनबाट खोप ल्याएको हो ।

यसपछि जहाजले क्रमशः असार ३१ गते, साउन १ गते र साउन ७ गते पुनः खोप ल्याउन चीन जाने तालिका सार्वजनिक गरेको छ ।चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप ल्याउन लागेको हो ।

यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार डोज खोप आएको थियो भने नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आइ सकेको मन्त्रालयको तथ्याङ्क छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको मन्त्रालयको तथ्याङ्क छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment