८% एभरेष्ट बैंक ऋणपत्र २०७८’ को अवधि असार मसान्तमा सकिदैं

२५ असार, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २०७२ साल असार ३१ गते जारी गरेको “८% एभरेष्ट बैंक ऋणपत्र २०७८” को अवधि यहि असार ३१ गते समाप्त हुने भएको छ । बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको ६ लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।

उक्त ऋणपत्रको अवधि समाप्त हुने भएसँगै बैंकले अन्तिम साँवा ब्याज भुक्तानीका लागि सम्बन्धीत ऋणपत्र धनीहरुलाई आवश्यक कागजात र विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

बैंकले काठमाडौं भित्रका ऋणपत्रधनीहरुलाई एभरेष्ट बैंकको मुख्य कार्यालय, लाजिम्पाट, काठमाडौं र काठमाडौं वाहिर रहेका ऋणपत्रधनीहरुलाई आफुलाई पायक पर्ने एभरेष्ट बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क राखी आवश्यक कागजात बुझाउन भनेको हो ।

अन्तिम साँवा ब्याज प्राप्त गर्नका लागि सम्बन्धीत ऋणपत्र धनीहरुले ऋणपत्रको सक्कल प्रमाणपत्र, नेपाल नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचयपत्रको प्रतिलिपि र बैंक खाताको विवरण बुझाउन बैंकले आग्रह गरेको हो ।

स्वयं ऋणपत्रधनी उपस्थित हुन नसकेको खण्डमा भने रितपूर्वकको मञ्जुरीनामा साथै मञ्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिचयपत्रको प्रतिलिपि समेत अनिवार्य रुपमा पेश गर्न बैंकले आग्रह गरेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment