कोपा अमेरिका फुटबलको गोल्डेन बुटका दाबेदार मेस्सी नै

२३ असार, काठमाडौँ । कोपा अमेरिका २०२१ प्रतियोगिताको अन्तिम चारमा पुगेका टोली अहिले तयारीमा व्यस्त छन्। उपाधि भिडन्तका लागि ब्राजिल र अर्जेन्टिनाले स्थान पक्का गरेका छन् । पहिलो सेमिफाइनलमा आयोजक ब्राजिलले गत संस्करणको उप-विजेता पेरुलाई हरायो । दोस्रो सेफिाइनलमा भने लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले कोलम्बियामाथि पेनाल्टी सुटआउटमा ४-३ को जित दर्ता गर्‍याे।

दक्षिण अमेरिकी च्याम्पियन को बन्ला भन्ने प्रश्न त छ नै त्यसका साथै गोल्डेन बुट कसले जित्ला भन्ने कौतूहल पनि छ । गोल्डेन बुटको होडमा मेस्सी अगाडि छन् । उनको नाममा चार गोल छ । अनि उनले चार असिस्ट पनि दर्ता गरेका छन् । यसअघि कोपामा कहिल्यै पनि गोल्डेन बुट नजितेका मेस्सीलाई जारी प्रतियोगितामा उनकै टिमका लाउटारो मार्टिनेजले पछ्याइरहेका छन् । इन्टर मिलानका स्ट्राइकरले तनि गोल गरेका छन् ।

अर्जेन्टिना कै अलेहान्द्रो गोमेजले दुई गोल गरेका छन् । त्यसैगरी फाइनलमा पुगेको अर्को टिम ब्राजिलका लुकास पाक्वेटा र नेयमारले समान दुई गोल गरेका छन् । दुई गोल गर्ने अन्य खेलाडीमा आन्द्रे कारिलो (पेरु), जियानलुका लापाडुला (पेरु), इरविन साभेड्रा (बोलिभिया), एडिन्सन काभानी (उरुग्वे), एगंल रोमेरो (पाराग्वे), एयरटोन प्रेसियाडो (इक्वेडर), एदुवार्दो भारर्गस (चिली) र लुइस डियाज (कोलम्बिया) छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment