पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको नेविसंघद्वारा विरोध

२३ असार, काठमाडौं । मंगलबार रातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले कोरोना महामारी र बाढी पहिरोले थलिएबा बेला सरकारले जनतालाई दुःख दिन पेट्रोलियम पदार्थको मूल्य बढाएको बताए । उनले मूल्यवृद्धि फिर्ता लिन पनि माग गरेका छन् ।

उनले संकटका बेला ‘जनताको चुलो बन्द गराउन’ सरकार र नेपाल आयल निगमको दुर्नियत निन्दनीय भएको बताए । पटक–पटक आम उपभोक्ताको ढाड सेक्नेगरी गरिएको चर्को मूल्य वृद्धिको सबैले प्रतिरोध गर्नुपर्ने उनको भनाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment