स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली फाइनलमा

२३ असार, एजेन्सी । टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ ।

इटाली युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा प्रवेश गरेको हाे। टाइब्रेकरमा स्पेनलाई ४-२ ले पराजित गर्दै इटालीले उपाधि भिडन्तमा स्थान पक्का गरेको छ ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा इटालीका लागि पहिलो प्रहार गर्न आएका म्यानुएल लोकाटेलीको प्रहार गोलरक्षक उनाइ सिमोनले बचाएका थिए । लगत्तै ड्यानी ओल्मोले पनि स्पेनको पहिलो प्रहार पोस्टभन्दा निकै माथि प्रहार गरे । दोस्रो प्रहारमा इटालीका आन्द्रीए बेलोट्टी र स्पेनका जेरार्ड मोरेनो दुवैले गोल गरे ।

इटालीका लिओनार्डो बोनुचीले तेस्रो प्रहारमा गोल गर्दा स्पेनका थियागोले पनि कुनै गल्ती गरेनन् । फेडेरिको बर्नार्डेस्कीले इटालीको चौथो प्रहारमा गोल गर्दा स्पेनका तर्फबाट भने अल्भारो मोराटाले गोल गर्न सकेनन् । मोराटाको प्रहार डोनारुम्माले सहजै बचाए । इटालीका लागि पाँचौ पेनाल्टीमा जर्जिन्होले गोल गर्दै फाइनलमा स्थान पक्का गरे ।

पहिलो हाफमा स्पेनले बढी अवसर सिर्जना गरेपनि गोल गर्न सकेको थिएन । इटालीले भने पहिलो हाफको अन्त्यतिर अग्रता लिने अवसर चुकाएको थियो । एमर्सनको प्रहार पोस्टमा लागेर बाहिरिंदा टोली अघि बढ्नबाट बन्चित भएको थियो । उनले इन्सिगनेको पासमा गरेको प्रहारमा गोलरक्षक बिट भएपनि पोस्टमा लाग्दै बाहिरियो ।

६० औं मिनेटमा फेडेरिको किएजाको गोलमा इटालीले अग्रता लिएको थियो । गोलरक्षकले सुरुवात गरेको मुभमा इटालीले पास खेल्दै विपक्षी हाफसम्म पुगेपछि किएजाले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट सुन्दर गोल गरेका थिए । अर्का फरवार्ड चिरो इम्मोबिलेले डिफेन्सलाई झुक्याएपछि किएजाले फुस्किएको बलमा गोल गरेका थिए ।

६६ औं मिनेटमा ड्यानी ओल्मोले मिकेल ओयाराज्बालको पासमा गरेको प्रहारले पोस्टको दिशा लिन नसक्दा स्पेन खेलमा फर्कन सकेन । ६८ औं मिनेटमा स्पेनी गोलरक्षक उनाइ सिमोनले डोमेनिको बेरार्डीको प्रहार विफल पार्दै खेलमा स्पेनको चुनौती कायम राखे । ८० औं मिनेटमा बेरार्डीकै प्रहारमा सिमोन फेरी बाधक बने ।

इटालीले एकातर्फ गोलको अवसर सदुपयोग गर्न नसक्दा लगत्तै अर्को तर्फ स्पेनले बराबरी गोल फर्कायो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड अल्भारो मोराटाले सुन्दर गोल गर्दै खेल १-१ को स्थितिमा ल्याएका थिए । उनले पेनाल्टी क्षेत्रको बाहिरबाट ड्यानी ओल्मोसँग वन टु पास साट्दै पेनाल्टी क्षेत्रभित्र छिरेर गोलरक्षक डोनारुम्मालाई सहजै बिट गरेका थिए ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । ९८ औं मिनेटमा डोनारुम्माले सुन्दर बचाउ गर्दै स्पेनलाई अघि बढ्न दिएनन् । उनले ओल्मोको प्रहारलाई विफल पारेपछि रिबाउन्डमा भने इटालियन डिफेन्सले क्लियर गर्यो ।

स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो ।
यता इटालीबाट म्यानुअल लोकाटेल्लीबाहेक अन्य सबै चार खेलाडीले टाइब्रेकरमा गोल गरे ।

इटालीले अब फाइनलमा इंग्ल्यान्ड र डेनमार्क बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल बुधबार हुनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment