इटालीको अपराजित खेल संख्या ३३ पुग्यो

२३ असार, एजेन्सी । इटालीले स्पेनलाई टाइब्रेकरमा ४–२ ले हराउँदै युरोकप फुटबलको फाइनल यात्रा गरेको छ । यससँगै अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ खेलसम्म लम्बिएको छ । सेप्टेम्बर २०१८ यता इटाली अपराजित छ । उसले पछिल्ला २८ खेल जितेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।

इटालीको टोली १९३० को दशकको मध्यतिर पनि ३१ खेलसम्म अपराजित थियो । त्यतिबेला उसले विश्वकप र ओलम्पिक खेलकुदमा स्वर्ण जित्यो । जारी युरोकपमा अहिलेको टोलीले बेल्जियमविरुद्धको खेलमा ३२ औं जीत दर्ता गर्दैै उक्त किर्तिमान भंग गरेको थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा इटालीबाहेक ब्राजिल र स्पेनले मात्रै यति लामो अपराजित यात्रा गर्न सकेका छन् । ब्राजिल ९० को दशकमा तथा स्पेन २००७ देखि २००९ सम्मका अवधिमा ३५ खेलसम्म अपराजित थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment