साउन १५ भित्र दल दर्ता, असोज २० र ३१ मा उम्मेदवारी मनोनयन

२१ असार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आउँदो कार्तिक २६ र मंसिर ३ गतेका लागि तय निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको समय रहेको छ। आयोगका एक सदस्यका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न असार ३१ गतेदेखि साउन १५ गतेसम्मको समय दिने तयारी छ। पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० र २१ गते उम्मेदवारी मनोनयन गर्ने तालिका छ भने दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते र कार्तिक १ गते उम्मेदवारी मनोनयनको तालिका बनाइएको छ।

आयोगले मतदाताहरुको अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन हुने जनाएको छ। समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम भदौ २ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ७ गते राति प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले अनुमोदन गरेकी थिइन। उनले मन्त्रिपरिषद्को सिफारिसमा कार्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी भएपनि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment