फ्रिकिकमा म्याराडोनालाई पछ्याउँदै मेस्सी, रोनाल्डोलाई उछिने

२१ असार, एजेन्सी । कप्तान लिओनल मेस्सीको उच्च प्रदर्शन गरेपछि आइतबार अर्जेन्टिना इक्वेडरलाई ३–० ले हराउँदै ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको थियो । टोलीका तीनै गोलमा मेस्सीको भूमिका रह्यो । २ गोलमा एसिस्ट गरेका मेस्सीले फ्रिकिकमार्फत टोलीका लागि तेस्रो गोल गरेका थिए ।

खेलको अन्तिम समयमा गोल गरेको मेस्सीको त्यो फ्रिकिकबाट ५८ औं गोल थियो । डिएगो म्यारोडोनाको कीर्तिमानबाट अब मेस्सी ४ गोलमात्र पछाडि छन् । अर्जेन्टिनाका पूर्व महान खेलाडी म्यारोडोनाले आफ्नो खेल जीवनमा ६२ गोल सिधा फ्रिकिकमार्फत गरेका थिए ।

मेस्सीले फ्रिकिकबाट ५० गोल बार्सिलोनाका लागि र ८ गोल अर्जेन्टिनाका लागि गरेका हुन् । कुल ७ सय ४८ गोलमध्ये मेस्सीको फ्रिकिकमा गोलको औसत ७.७५ प्रतिशत रहेको छ । म्यारोडोनाको हकमा भने उनको फ्रिकिक गोल प्रतिशत १७ रहेको छ । उनले खेल जीवनमा कुल ३ सय ५३ गोल गरेका थिए ।

पोर्चुगल तथा युभेन्ट्सका सुपर स्टार पोर्चुगलले फ्रिकिकबाट ५६ गोल गरेका थिए । मेस्सीभन्दा उनी २गोलले पछाडि छन् । रोनाल्डोले रियल म्याड्रिडका लागि ३२, म्यानचेष्टर युनाइटेडका लागि १३, पोर्चुगलका लागि १० र युभेन्ट्सबाट १ गोल फ्रिकिकमा गोल गरेका थिए ।

फ्रिकिकमा गोल गर्ने शीर्ष १० खेलाडी

जुनिन्हो पेर्नाम्बुकानो (ब्राजिल) – ७७ गोल

पेले (ब्राजिल) – ७० गोल

भिक्टर लेग्रोतागाइल (अर्जेन्टिना) – ६६ गोल

रोनाल्डिन्हो (ब्राजिल) – ६६ गोल

डेविड बेकह्याम (इंग्ल्यान्ड) – ६५ गोल

डिएगो म्याराडोना (अर्जेन्टिना) – ६२ गोल

जिको (ब्राजिल) – ६२ गोल

रोनाल्ड कोम्यान (नेदरल्यान्ड्स) – ६० गोल

मार्सेलिन्हो कारिओका (ब्राजिल) – ५९ गोल

रोजेरिओ चेनी (ब्राजिल) – ५९ गोल

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment