उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, यस्ता छन् सार्वजनिक सवारीमा यात्रु र चालकले पालना गर्नुपर्ने नियम

२० असार, काठमाडौं ।काठमाडौं उपत्यकामा निजी र सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ । आइतबार सबेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाउने निर्णय गरेका हुन् । सँगै २२ गतेपछि सबै सार्वजनिक सवारी साधनसमेत चल्ने भएका छन् ।

काठमाडौं उपत्यकामा सबै किसिमका सार्वजनिक सवारी चल्न दिइने भएको छ । आइतबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गर्नेगरी निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ । सबै यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । मास्क नलगाउने यात्रुलाई सार्वजनिक सवारी साधनमा प्रवेश दिइने छैन ।

यस्तै, चालक तथा सहचालकले पनि अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउनुपर्नेछ । सवारी साधनको ढोकामा स्यानिटाइजको व्यवस्था हुनुपर्नेछ । कुल स्वीकृति सिटभन्दा बढी यात्रु चढाउन पाइने छैन ।

असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment