अवैध लागूऔषध सहित पक्राउ

१८ असार, काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-४ धोवीघाटस्थित सडक किनारबाट २० ग्राम ५ मिलीग्राम लागूऔषध एम्फेटामाईन सहित सोही ठाउँ बस्ने मोरङ विराटनगर महानगरपालिका-४ ठेगाना भएका २४ वर्षीय निश्चल रेग्मीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । निश्चलउपर जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

कैलाली, टीकापुर नगरपालिका-३ रामपुरबाट सोही नगरपालिका-६ भर्तापुर बस्ने २५ वर्षीय दिलिप राईलाई लागूऔषध ६० ट्याब्लेट नाईट्राभेट र १६ ट्याब्लेट स्पास्प्रोक्स सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध टीकापुर नगरपालिका-६ बस्ने लौटन चौधरीको पसलबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात पसल तलासी गर्दा उक्त पसलमा चाउचाउको पेटीभित्र लुकाई राखेको अवस्थामा थप ६ सय ट्याब्लेट नाईट्राभेट र ९६ ट्याब्लेट स्पास्प्रोक्स प्रहरीले फेला पारी बरामद गरेको छ । लौटन चौधरीकी श्रीमतीलाई नियन्त्रणमा लिएर हाल फरार रहेका लौटन चौधरीको प्रहरीले खोजी गरिरहेको छ ।

कास्की, पोखरा महानगरपालिका-११ तुल्सी मार्गबाट करिब ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप रामपुर घर भई हाल पोखरा महानगरपालिका-५ जिरो किमी बस्ने ३३ वर्षीय चन्द्र बहादुर तामाङ र पोखरा महानगरपालिका-११ रामघाट बस्ने २९ वर्षीय बिकास नेपाली रहेका छन् ।

ग.५ प ५०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त लागूऔषध बरामद गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment