चिनमा निर्मित कोरोना खोप “कोरोनाभ्याक” बालबालिकालाई पनि सुरक्षित (अध्ययनसहित)

१७ असार, काठमाडौं । चिनमा निर्मित कोरोना विरुद्धको खोप वयस्कको साथै बालबालिकालाई पनि सुरक्षित र प्रभावकारी रहेको अध्ययनले देखाएको छ । सरुवा रोग सम्बन्धी मेडिकल जर्नल ल्यान्सेटमा सोमबार प्रकाशित एक अध्ययनले सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोप बालबालिकाका लागि पनि सुरक्षित रहेको र एन्टीबडी बलियो स्तरमा उत्पन्न हुने देखाएको हो ।

अनुसन्धानकर्ताहरुले ५००भन्दा बढी स्वस्थ बालबालिका माथि गरेको क्लिनिकल ट्रायलबाट सिनोभ्याकको खोप सुरक्षित रहेको पाइएको दाबी गरेका छन् । उनीहरुका अनुसार ३ देखि १७ वर्षउमेर सम्मका बालबालिकालाई परीक्षणमा सहभागी गराइएको थियो ।

उमेर अनुसार समूह समूहमा गरिएको परीक्षणमा १८ देखि ५९ वर्ष उमेरसम्मका व्यक्तिलाई सहभागी गराइएको थियो ।

परीक्षणमा सहभागी सबैलाई २८ दिनको अन्तरालमा दुवै डोज खोप लगाइएको थियो जसमा ९६ प्रतिशत बालबालिका र वयस्कको शरीरमा एन्टीबडी उत्पादन भयो । उनीहरुमा सामान्य र मध्यम खालको रियाक्सन देखिएको थियो ।

अध्ययन सन् २०२० को डिसेम्वरदेखि २०२१ को अक्टुवरसम्म गरिएको थियो । सिमित संख्यामा अध्ययन गरिएकाले बालबालिकामा खोपको प्रयोगबारे सावधानी अपनाउनुपर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

कोरोनाभ्याकले नेपालमा पनि आपत्कालिन प्रयोगको अनुमति पाइसकेको तर प्रयोगमा आएको छैन । यो खोप २ देखि ८ डिग्रि सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment