जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

 १५ असार ,झापा । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-३ पुलचोक बस्ने राजु थापा भन्ने २४ वर्षीय नुर खानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खानले ती महिलालाई मेचीनगर नगरपालिका-११ बाँसवारीस्थित शुभकामना होटल एण्ड लजको कोठाभित्र असार ८ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment