ओलीले गरे मन्त्रीको जिम्मेवारी हेरफेर : विष्णु पौडेल उपप्रधानसहित गृहमन्त्री

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्। बिहीबार ओलीले आफूसँग रक्षा र परराष्ट्र मन्त्रालय राख्दै अन्य चार मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ; उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिंचाई; गृह मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

सँगै कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण; युवा तथा खेलकुद; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका छन्।

मन्त्री बसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायातसँगै कृषि तथा पशुपन्छी विकास; खानेपानी; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment