हंगेरीसँग बराबरी खेल्दै जर्मनी अन्तिम १६ मा प्रवेश , हङ्गेरी बाहिरियाे

१० असार, काठमाडौं । जर्मनी १६ औँ युरोकप फुटबल अन्तर्गत नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मनीले हङ्गेरी सँग बराबरी खेल्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

एलिजान एरिनामा भएको खेलमा जर्मनीले हङ्गेरी सँग २–२ गोलको बराबरी खेलेको हो । हङ्गेरी ले पहिलो हाफको लिएको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।

हंगेरिका लागि खेलको ११ औँ मिनेटमा एदाम साजालीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । जर्मनीका लागि खेलको ६६ औँ मिनेटमा केइ हाभेर्टेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । ६८ औंँ मिनेटमा हङ्गेरी का लागि आन्द्रस साहाफेरले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए ।

८४ औँ मिनेटमा जर्मनीका लागि लेओनले गोल गर्दै मर्जमनीलाई अन्तिम १६ मा पुग्न सहयोग गरे ।

जितसँगै जर्मनी समूहको दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्यो । यता हङ्गेरी भने समूह चरणबाटै बाहिरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment