हुन्डाई नयाँ वर्ष २०७८ योजना असार ३१ गतेसम्म विस्तार

०९ असार, काठमाडौं । हुन्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँँ वर्ष योजना “यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौँ” असार ३१ गतेसम्म विस्तार गरेको छ ।

यस योजनाको अवधि १९ चैत, २०७७ देखि १७ वैशाख, २०७८ सम्म रहेको थियो । तर विश्वव्यापी रोग कोभिड १९, निषेधाज्ञा का कारण यस योजना स्थागित भएको थियो । ग्राहकवर्गलाई मध्यनजर राखी यस योजना ८ असारदेखि ३१ असारसम्म पुनः सुरु गरिएको कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरू प्राप्त गर्न सकिने पनि जनाइएको छ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट स्क्रयाच कार्डमार्फत ७८ हजारसम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, एक लाख सम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बिमा सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment