सुनको मूल्य बढ्यो

०८ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार चार सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । हिजो सोमबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ५०० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३०० कायम गरिएको महासंघले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment