नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार

०६ असार, दिल्ली । पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले)का वरिष्ठ नेताका स्वास्थ्यमा सुधार भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले बताउनुभयो ।

खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ ।

उपचारमा अक्सिजनको सपोर्ट राखिएकामा हटाइएको छ ।

खनाललाई थप उपचारका लागि यही असार २ गते नयाँ दिल्ली लगिएको थियो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment