मेलम्ची खोलाकाे बहाब फेरि एक्कासी बढ्याे, यसअघिको भन्दा ठूलो बाढी आएको स्थानीयको भनाइ

०५ असार, काठमाडौं । मेलम्ची खोला फेरि एक्कासी बढेको छ । स्थानीय यसअघि बढेको भन्दा चार मिटर माथि बाढी आएको जानकारी गराएका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि बाढी आएको छ । पहिरोले नदी थुनिएर बनेको बाँध फुट्दा बुधबार राति आएको बाढीले मेलम्ची बजारमा ठूलो क्षति गरेको छ ।

शुक्रबार पानीको सतह निकै कम भएको थियो । तर साँझबाट फेरि बाढी आएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन् ।

“मेलम्चीमा फेरि भीषण बाढी आएको छ । करिब ९ बजेतिर एक्कासी नदीमा असार १ गतेको भन्दा पनि ठूलो बाढी आएपछि नदी तटीय क्षेत्रका स्थानीयको भागभाग भएको छ,” उनले भने ।

उनले काठपात बगाएको जानकारी गराउँदै नजिक रहेका स्थानीयलाई सचेत रहन आग्रह गरेका छन् । त्यसक्षेत्रमा बिजुली बत्ती पनि छैन ।

मेलम्ची क्षेत्रमा पानी नपरे पनि माथिबाट ढुंगा र माटोसहितको लेदो आएर नदी बढेको उनले जनाएका छन् ।

यसैबीच जल तथा माैसम विज्ञान विभागले शुक्रबार राति एक सूचना निकालेर सिन्धुपाल्चोककाे बाह्रबिसेस्थित भोटेकोशी नदीमा जलसतह सतर्कता तह आसपास रहेकोले नदी तटिय क्षेत्रमा शनिकार बिहानसम्म सतर्क रहन आग्रह गरेकाे छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment