प्रख्यात ताजमहलक‍ाे आश्चर्यजनक १८ तथ्य

०४ असार, एजेन्सी । ताजमहल संसारका सात आश्चर्यमध्ये एक हो । यो प्रेमको अद्भुत निशानी हो । सुन्दरता र प्रेमको कथा बोल्ने ताजमहलका बारेमा धेरै तथ्य अझै बाहिर आएका छैनन् ।

आउनुस् जानौं यसको रहस्य :

१ मुमताजको मकबराको छतमा प्वाल

शाहजहाँले आफ्नी प्यारी पत्नी मुमताजका लागि बनाएको ताजमहलमा उनको मकबराको छतमा एउटा प्वाल छ । फेरि अर्को ताजमहल नबनोस् भनेर शाहजहाँले ताजमहल बनाउने सबै मजदुरहरूको हात काटिदिने घोषणा गरेपछि मजदुरहरूले ताजमहलमा एउटा कमी बाँकी रहोस् भनेर प्वाल छोडेका थिए । शाहजहाँले देखेको सुन्दर भवनको सपना चकनाचूर पार्न मजदुरहरूले कोशिश गरेका हुन् ।

२ बाँसको घेरा

दोस्रो विश्वयुद्ध, सन् १९७१ को भारत–पाकिस्तान युद्ध र अमेरिकामा सेप्टेम्बर ११ को हमलापछि सुरक्षाकर्मीहरूले ताजमहललाई चारैतर्फ बाँसको सुरक्षाघेरा बनाएर माथिबाट हरियो रंगको चादरले ढाकेका थिए । यसो गर्दा ताजमहल दुश्मनहरूको नजरमा नपरोस् र यसमा क्षति नपुगोस् भन्ने तिनीहरूको लक्ष्य थियोे ।

३ पहिलोचोटि हेर्दा

शाहजहाँले पहिलोचोटि ताजमहल हेरेपछि भनेछन्, ‘ताजमहलले प्रेमको कथा मात्र भन्दैन । यहाँको पवित्र जमीनमा पाउ राख्ने सबैलाई यसले दोषमुक्त गरिदिन्छ र चन्द्रमा तथा तारा यसको साक्षी बस्छन् ।’

४ हात नकाटिएको

ताजमहल बनेपछि शाहजहाँले मजदुरहरूको हात काटिदिएका थिए भन्ने हल्ला चलेको थियो । तर इतिहासको अध्ययन गर्दा ताजमहलपछि बनेका अरू भवनहरूमा पनि ती मजदुरहरूले योगदान गरेका थिए । उस्ताद अहमद लाहौरी ताजमहल निर्माण दलका नेता थिए र उनले नै लालकिलाको पनि निर्माण कार्यको निरीक्षण गरेका थिए ।

५ ताजमहलका मीनार

तजमहलका मीनारहरूमाथि ध्यान दिनुभयो भने चारै मीनार एकअर्कातर्फ झुकेको देखिन्छन् । चट्याङ पर्दा र भूकम्पका बेलामा मुख्य गजुर नखसोस् भनेर यस्तो एंगल बनाइएको हो ।

६ ताजमहल बेचिँदा

बिहारका कुख्यात ठग नटवरलालले एकचोटि ताजमहललाई मन्दिर भन्दै केही सोझा मानिसलाई बेचिदिएछ । नटवरलालको यो हिम्मत देखेर उसका गाउँका मानिसले उसको नाममा मन्दिर बनाउनुपर्ने माग गरेका छन् ।

७ यमुना नभए ताजमहल हुन्थेन

ताजमहलको आधार एउटा यस्तो काठ हो जसलाई मजबुत राख्नका लागि चिसो भइराख्नुपर्छ । ताजमहल नजिक बग्ने यमुनाले आधारलाई चिसो राखिरहन्छिन् ।

८ बहुमूल्य पत्थर

ताजमहलका कलाकृतिमा २८ किसिमका बहुमूल्य पत्थर लगाइएका थिए । ती पत्थर चीन, तिब्बत र श्रीलंकाबाट ल्याइएका थिए । बेलायती साम्राज्यका बेला अंग्रेजहरूले यी पत्थर चोरेर बेलायत लगे । यस्ता पत्थर आँखै चम्काउने खालका थिए रे ।

९ कुतुबमीनारभन्दा अग्लो

कुतुबमीनारलाई भारतको सबभन्दा अग्लो भवन भानिन्छ तर यसको उँचाइ ताजमहलभन्दा सानो छ । सरकारी आँकडा अनुसार ताजमहल कुतुबमीनारभन्दा पाँच फूट अग्लो छ ।

१० ताजमहलमा खर्च

शाहजहाँले ताजमहल बनाउँदा उनको समयमा लगभग तीन करोड २० लाख रुपैयाँ खर्च गरेका थिए । अहिले बनाउनुप–यो भने यसमा एक खरब १५ अरब रुपैयाँ खर्च पर्छ ।

११ सबै पानीका फोहरा एकैचोटि

ताजमहलमा राखिएका कुनै पनि फोहरा पाइपमा जोडिएका छैनन् । हरेक फोहराको तलपट्टि एउटा तामाको ट्यांक छ । त्यो एकैचोटिमा भरिन्छ र दबाब बनेपछि एकैचोटि पानी फाल्न थाल्छ ।

१२ ताजमहल गायब

सन् २००० मा प्रसिद्ध जादूगर पीसी सरकारले दर्शकहरूको आँखामा भ्रम छरेर ताजमहल गायब गरिदिएका थिए ।

१३ दिनदिनै बाह्र हजार पर्यटक

एकैदिनमा सबैभन्दा धेरै पर्यटक पुग्ने ठाउँ भनी ताजमहललाई चिनिन्छ । संसारका कुनाकाप्चाबाट ताजमहल हेर्नका लागि दिनदिनै औसतमा १२ हजार मानिस पुग्छन् ।

१४ कालो ताजमहलको सपना

शाहजहाँले आफ्नी श्रीमतीका लागि सेतो ताजमहल बनाएपछि आफ्नो लागि कालो ताजमहल बनाउने सपना देखेका थिए । तर उनका छोरा औरंगजेबले उनलाई कैद गरेपछि उनको सपना अधूरै रह्यो ।

१५ ताजमहलसँग पहिलो सेल्फी

आजभोलि जसले पनि सेल्फी लिन्छ तर जर्ज ह्यारिसन नामक व्यक्तिले फिश आई लेन्स प्रविधि गरेर सेल्फीयुगभन्दा धेरैपहिले ताजमहलसँग सेल्फी लिएका थिए ।

१६ रंग परिवर्तन

ताजमहलको रंग दिनको प्रत्येक प्रहरसँगै बदलिन्छ । बिहान हेर्दा गुलाफी देखिने ताजमहल साँझमा दूधजस्तो सेतो र पूर्णिमाको रातमा सुनौलो देखिन्छ ।

१७ अमेरिकामा ताजमहल

विदेशी गायक हेनरी सेन्ट क्लेयरले ताजमहलप्रतिको प्रेम दर्शाउनका लागि आफ्नो स्टेज नेम नै ताजमहल राखेका छन् ।

१८ मुटुमा ताज

ताजमहल बनाउनेहरूले यसमा धेरै नै ध्यान पु–याएका थिए । त्यहाँ पुगेपछि तपाईंले ताजमहललाई आफ्नो मुटुमा राखिहाल्नुहुन्छ । एक हदसम्म तपाईं ताजमहलबाट जति पर पुग्नुहुन्छ, त्यो अझै ठूलो र भव्य देखिन्छ अनि तपाईंका यादबाट कहिल्यै हट्दैन ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment