युक्रेनकाे नकआउट चरण पुग्ने सम्भावना कायमै राख्यो

०३ असfर, बुखारेस्ट । युरो कप फुटबल २०२० अन्तर्गत बिहीबार भएको पहिलो खेलमा युक्रेनले नर्थ मेसेडोनियालाई २-१ गोलले हराएको छ।

समूह ‘सी’को आफ्नो दोस्रो खेलमा युक्रेनका लागि एन्ड्रिय यार्मेलेन्को र रोमन यारेमचकले गोल गरे। खेलमा २-० गोलले पछाडि परेको अवस्थामा नर्थ मेसेडोनियाका इजियान आलोस्कीले ५७ औँ मिनेटमा गोल गरेका थिए। आफैले प्रहार गरेको पेनाल्टीमा गोलरक्षकबाट बल फर्किएपछि उनले गोल गरेका थिए। पहिलो खेलमा युक्रेनले नेदरल्यान्ड्ससँग ३-२ गोलको हार ब्यहोरेको थियो।

समूहमा नेदरल्यान्ड्स र अस्ट्रियाको एक खेलबाट समान ३ अंक छ। २ खेलबाट युक्रेनको ३ अंक नै छ भने नर्थ मेसेडोनियाले खाता खोल्न सकेको छैन। प्रतियोगिताअन्तर्गत बिहिबार हुने अन्य खेलमा नेदरल्यान्ड्स र अस्ट्रिया तथा डेनमार्क र बेल्जियमबीच प्रतिस्पर्धा हुने छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment