फिनल्याण्डमाथि रुसको जित

०३ असार, एजेन्सी । युरोकप फुटबल अन्तर्गत समूह बी को खेलमा रुस विजयी भएको छ । बुधबार बेलुका भएको खेलमा रुसले फिनल्याण्डमाथि १–० को जित दर्ता गरेको हो ।

प्रतियोगितामा रुसको यो पहिलो जित हो । उसका लागि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा अल मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो ।

पहिलो खेलमा विजयी भएको फिनल्याण्ड दोस्रो खेलमा भने परातिज भयो । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले पराजित गरेको थियो ।

सो खेलमा डेनमार्कका क्रिष्टियन एरिक्सन कार्डिक अरेस्ट भएर मैदानमै लडेका थिए । उनको हाल उपचार जारी छ र स्वास्थ्य अवस्था सुधारको क्रममा छ ।

फिनल्याण्डका खेलाडीले बुधबारको खेलमा एरिक्सनको स्वास्थ्य लाभको कामनासहितको जर्सी लगाएका थिए । उनीहरुको जर्सीमा ‘गेट वेल क्रिष्टियन’ लेखिएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment