रसियाको पहिलो जित, फिनल्यान्ड पराजित

०२ असार, एजेन्सी । युरो २०२० मा रसियाले पहिलो जित हात पारेको छ। बुधबार सेन्ट पिटर्सवर्गमा भएको समूह ‘बी’ को खेलमा घरेलु टिम रसियाले फिनल्यान्डलाई १-० गोलले पराजित गरेको हो ।

यसअघि रसिया पहिलो खेलमा बेल्जियमसँग ३-० गोलले पराजित भएको थियो। फिनल्यान्डको भने यो पहिलो हार हो। नवप्रवेशी फिनल्यान्डले पहिलो खेलमा डेनमार्कलाई १-० हराएको थियो।

बुधबार रसियाले जित हात पार्ने क्रममा एलेक्सिइ मिरान्चुकले गरेको गोल निर्णायक बन्यो। उनले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।


दोस्रो हाफमा रसियाले अग्रता दोब्बर पार्ने अवसर खेर फालेको थियो। रसियाका लागि जेमालेटदिनोभ र कुज्यभले पाएको अवसर खेर फालेका थिए।

राति ९:४५ बजे हुने समूह ‘ए’ को खेलमा टर्की र वेल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल आजरबैजानको बाकुमा हुनेछ।

पहिलो खेलमा टर्की पराजित हुँदा वेल्सले बराबरी खेलेको थियो। टर्कीलाई इटालीले ३-० गोलले पराजित गरेको थियो। वेल्सले भने स्विट्जरल्यान्डसँग बराबरी खेलेको थियो।

समूह ‘ए’ कै खेलमा राति १२:४५ बजे इटाली र स्विट्जरल्यान्डबीच खेल हुनेछ। खेल इटालीको रोममा हुनेछ ।

पहिलो खेलमा जित निकालेको इटाली दोस्रो जित निकालेर अन्तिम १६ को यात्रा बलियो बनाउन चाहन्छ। पहिलो खेलमा बराबरीमा रोकिएको स्विटरल्यान्डका लागि इटालीविरुद्धको खेल महत्वपूर्ण छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment