सभामुख अग्निप्रसाद सापकोटा बाढीग्रस्त क्षेत्र अवलोकनका लागि सिन्धुपाल्चोकको मेलम्चीमा

०२ असार, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा बाढीग्रस्त क्षेत्र अवलोकनका लागि सिन्धुपाल्चोकको मेलम्ची जादैँछन् ।

सिन्धुपाल्चोकको मेलम्ची, ईन्द्रावती लगायतको क्षेत्रमा आएको भीषण बाढीका कारण ठुलो मानविय र भौतिक क्षति भएको छ । सभामुख सापकोटा आजै स्थलमार्गबाट बाढीग्रस्त क्षेत्रमा पुग्ने उनको सचिवालयले जानकारी दिएको छ ।

सभामुख सापकोटाले सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा हिजो साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध भएको बताउँदै विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न पनि सबैमा अपिल गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment