सरकारी रवैयाका कारण बाढी-पहिरोले धेरै जनधनको क्षति : प्रचण्ड

०२ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी रवैयाका कारण बाढी-पहिरोले अहिले धेरै जनधनको क्षति बेहोर्नुपरेको बताएका छन्।

केहीदिनयता भइरहेको लगातारको वर्षासँगै देशका अधिकांश ठाउँमा आएको बाढी-पहिरो र त्यसबाट भएको क्षतिमा दु:ख व्यक्त गर्दै प्रचण्डले सरकारको लापरबाहीले नै बढी क्षति भएको आरोप लगाएका हुन्।

‘मौसमविद्को पूर्वानुमानको ख्यालै नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनिकरण र रोकथामका उपायहरुको अनुभवसमेतको बेवास्ता गर्ने सरकारी रवैयाका कारण धनजनको ठूलो क्षति भएको हो।’, प्रचण्डले भनेका छन्।

उनले उद्धारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई पनि अनुरोध गरेका छन्।

प्रचण्डले घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरुको खोजि कार्य तीव्र बनाउन र राहत वितरणलाई यथासिघ्र सुरु गर्न सरकारसमक्ष मागसमेत गरेका छन्।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment