जर्मनीमाथि फ्रान्सको जित

०२ असार, एजेन्सी । युरोकप फुटबलमा फ्रान्सले विजयी सरुवात गरेको छ । मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको हो ।

एलिजान एरिनामा जर्मनीका माट्स हुमेल्सको आत्मघाती गोलमा फ्रान्सले जित निकाल्यो ।

खेलको २० औँ मिनेटमा माट्सले पोस्टमा आएको बल लेफ्ट साइडमा बचाउ गर्न खोज्दा बल गोलमा परिणत भएको थियो ।

जितसगै फ्रान्सले समूह एफमा ३ अंक जोडेको छ । जर्मनीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment