युरोकपमा आज ग्रुप अफ डेथ समूह ‘एफ’ को दुई खेलहरु हुँदै

०१ असार, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछ । मिनि विश्वकप रुपमा परिचत युरोकप विभिन्न देशका ११ सहरमा सञ्चालन भैरहेको छ ।

युरोकपमा आज ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ को दुई खेलहरु संचालन हुँदैछ । पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ ।


साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टमा खेल्नेछ । पुस्कास एरिनामा हुने पोर्चगल र हंगेरीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।

विश्व विजेता फ्रान्स पहिलो खेलमै बलियो टिम जर्मनीलाई हराएर उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ ।

तर, जर्मनीविरुद्ध उसैको मैदानमा जित निकाल्न फ्रान्सलाई सहज भने हुने छैन । जर्मनी पनि फ्रान्सलाई हराएर सानदार सुरुवात गर्न चाहन्छ ।

फ्रान्स र जर्मनीबीच अहिलेसम्म मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुबै टोलीले २/२ खेल जितेको छ । दुई खेल भने बराबरीमा सकिएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment