निकारागुवामा सरकारलाई चुनौति दिने विपक्षी नेताहरूलाई धमाधम पक्राउ गरिँदै

०१ असार, मानागुवा(एपी)- निकारागुवाको प्रहरीले विपक्षी नेताहरूलाई धमाधम पक्राउ गर्न थालेको छ ।

पछिल्लो हप्तामा मात्रै प्रभावशाली छ नेतालाई पक्राउ गरिसकिएको अधिकारीले जानकारी दिएका छन् । ती मध्ये पाँच जना आइतबार मात्रै पक्राउ परेका हुन् ।

राष्ट्रपति डानीयल अर्टेगाको सरकारलाई चुनौती दिने नेताहरुलाई छानिछानी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गत नोभेम्बरमा भएको निर्वाचनमा उम्मेदवार भएका प्रभावशाली नेताहरु पनि रहेका छन् ।

प्रहरी अधिकारीहरूले यही जुन २ देखि गिरफ्तार गर्ने क्रम सुरु गरेको र अहिलेसम्म १३ जनालाई गिरफ्तार गरिसकिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment