असाहयका लागि स्वास्थ्य सेवामा सक्रिय रेस अगेन्सट हङ्गर ग्रूप

लक्ष्मण फुयाल

३१ जेठ, काठमाडौं । कोरोना कहरले सवै क्षेत्रलाई आक्रान्त पारेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी देखी समाजका हरेक वर्ग समूदाय यस विषम परिस्थितीबाट कोही अछुतो रहन सकेको छैन । नेपालको ७७ जिल्ला मध्ये ७५ जिल्लामा आशिंक तथा पूर्ण निषेधाज्ञा लागु गरेको छ ।

हिजो काठमाडौं उपत्यकामा कोरोनाको जोखिम कायम रहेकाले निषेधाज्ञा १ हप्ता थप गरिसकेको छ । देश अहिले कोरोनाको दोस्रो लहरको समाना गरिरहेका छ । दैनिक हजारौ मानिसहरु संक्रमण भैरहेका छन् । यस विषम अवस्थामा सरकार तथा स्थानीय निकायहरुले आफ्नो जिम्बेवारी राम्रो संग बहन गर्न सकेका छैनन् ।

आज कोरोना संक्रमण बृद्धी संगै देशका विभिन्न स्थानमा आंशिक तथा पूर्णरुपमा निषेधाज्ञा हुदै गर्दा आम सर्वसाधारण गरिव ,असाहय , मजदुर बरोजगारहरु खाना तथा बाच्नको लागि रोग संगै भोक संग सघर्ष गरिरहेका छन् । तर यस विषम अवस्थामा पहिलो तथा दोस्रो निषेधाज्ञाको अवस्थामा धैरै युवा समूहले सामाजिक सेवा मार्फत सामाजिक पुन्यको काम गरिरहेका छन् ।

यही पुन्यको तथा सामाजिक कार्यक्रमा समर्पित रहेको समूह हो रेस अगेन्सट हङ्गर ग्रूप । जो असाहय व्यक्तिहरुमा निशुल्क स्वास्थ्य सेवामा अग्रसर भूमिका निर्वाह गर्दै छ । दोस्रो कोरोनाको कहरमा सक्रिय रुपमा बाटोमा अलपत्र, असाहयहरुमा खाना तथा उपचारको प्रवन्ध गरिरहेको छ। पहिला यस समूहले खाना खुवाउने सेवा मार्फत सेवा सुरु गरेको अहिले १४ औं दिन सम्म निरन्तर असाहयको सेवामा सक्रिय रेहको रेस अगेन्सट हङ्गर ग्रूप कि फिजियोथेरापिस्ट अनिता भण्डारीले बताउनुभयो ।

यस समूह कुनै संगठनको रुपमा भन्दा पनि हामी चार जनाको समूहमा केही सामाजिक कार्य गर्न आफै आफ्नै खर्चमा सामाजिक सेवामा छौ । ग्रुपमा म लगायत खेलाडी सविता खड्का, प्राध्यापक विक्रम सिंङ कार्की, विजनेस कन्सलटेन्ट उञ्जवल कृष्ण जोशी रहेको भण्डारीले बताउनुभयो ।

उनीहले राजधानिको विभिन्न ठाउँहरु भद्रकाली, डल्लु, बालकुमारी, स्वयम्भु लगायतका क्षेत्रमा असाहय तथा अलपत्र रुपमा रहेका बृद्ध, बालबालीका तथा अन्य व्यक्तिहरुमा औषधी उपचार खानको व्यवस्था गर्ने गरेको उनले बताइन । दैनिक २५ भन्दा व्यक्त्तिहरुमा स्वास्थ्य सेवा उपल्व्ध गराउदै आएका छौ । यो सेवा निरन्तर रुपमा चलिरहने भण्डारीले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment