नेकपा एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना

३१ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।

ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि आज बिहान खनाल अस्पताल भर्ना भएका हुन्।

यद्यपि, उनको अवस्था भने समान्य रहेको उनको सचिवालयले जनाएको छ।

खनाल केही समयअघि कोरोना संक्रमणका कारण लामो समय अस्पताल बसेका थिए।

यो पनि पढ्नुहोस्



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment