काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्दै

३० जेठ, काठमाडौँ । आज देशभर २४ सय ७ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ६ सय ५३ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ४८३, ललितपुरमा ११२ र भक्तपुरमा ५८ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा आज ३ हजार ९ सय ९४ कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या नोपलमा ५ लाख ३१ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट आज थप ४६ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ४ सय १२ पुगेको छ ।आज पिसीआर परिक्षणबाट १६ सय ९४ र एन्टिजेन परिक्षणबाट ७ सय १३ गरी जम्मा २४ सय ७ जनालाई संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अनुसार आज २ हजार ४ सय ७ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ९ हजार १ सय ८५ पुगेकाे छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment