एरिक्सनको अवस्था स्थिर, फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने

३० जेठ, एजेन्सी । डेनमार्क फुटबल एशोसिएसनले क्रिस्टियन एरिक्सन होसमा रहेको र डेनमार्कको ठूलो मध्ये एक रहेको रिग्सहस्पिटालेटमा उपचार भइरहेको जानकारी दिएको छ । खेलाडीहरुलाई एरिक्सनको स्वास्थ्य अवस्था ठीक रहेका जानकारी दिएपछि फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने पनि एसोसिएसनले जानकारी दिएको छ ।

शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका थिए । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए ।

तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट लगिएको थियो । मैदान छाड्दै गर्दा भने उनलाई होसमा रहेको देखिएको थियो ।

सेन्ट्रल युरोपियन टाइम अनुसार साढे आठ बजे (नेपाली समयअनुसार १२ः१५ बजे) खेल शुरु हुने यूईएफको भनाइ छ । पहिलो हाफको बाँकी चार मिनेट खेलेपछि ५ मिनेटको ब्रेक दिइनेछ र दोस्रो हाफ खेलिनेछ ।

यसअघि, एरिक्सनको अवस्था स्थिर रहेको यूईएफएले जनाएको थियो । फिनल्याण्डबिरुद्धको खेलका दौरान मैदानमा ढलेका एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको यूईएफएको भनाइ छ ।

एरिक्सानलाई अस्पताल पुर्याएपछि दुवै टोलीका खेलाडी र अधिकारीहरुबीच छलफल भएको र खेल पुन: सुचारु गर्ने सहमति भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarEURO 2020footballsports
Comments (0)
Add Comment