युरो कपको उद्घाटन खेलमा इटाली र टर्की भिड्दै

२८ जेठ, एजेन्सी । युरोपेली फुटबलको सर्वाेच्च निकाय (युईएफए) को आयोजनामा युरोपका राष्ट्रबीचको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता युरोपेली च्याम्पियनसिपको १६औं संस्करण आज (शुक्रबार) देखि सुरु हुँदैछ ।

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यसपटकको युरो कप युरोपको ११ देशको ११ शहरमा आयोजना हुँदैछ । युरोकपको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको इटालीले घरेलु मैदानमा टर्कीको आतिथ्यता गरेपछि युरोकप औपचारिक रुपमा सुरु हुनेछ । रोमस्थित ओलम्पिक स्टेडियममा हुने उद्घाटन खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।

११ जुलाईदेखि ११ जुनसम्म ११ शहर (लन्डन, आम्स्टरडम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्ग) मा आयोजना हुने युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ । । फाइनल वेम्वली स्टेडियम लन्डनमा हुनेछ ।

उद्घाटन खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । युरोकप अघिको दुई अभ्यास खेलमा जित निकालेको इटाली ११ सेप्टेम्बर २०१८ मा नेसन्स लिगमा पोर्चुगलसँग १–० ले पराजित भएयता पछिल्लो २५ खेलमा अपराजित छ । यसक्रममा इटालीले २० जित र ५ बराबरीको नतिजा निकालेको छ । इटाली सोही अपराजित यात्रालाई निरन्तरता दिने दाउमा हुनेछ ।

इटालीसँग सिरो इमोविले, लोरेन्जो इन्सिग्ने, फेडरिको चिइसा, जर्गिन्हो, म्यानुयल लोकाटेली, निकोलो बरेल्ला, लियोनाद्रो बोनुची, जिअरजियो किएलिनी, एलेसान्द्रो फ्लोरेन्जी र गोलरक्षक जियानलुइगी डोन्नररुम्माजस्ता नाम चलेका खेलाडीको साथ रहेको छ ।

यता, टर्की पनि इटालीलाई स्तब्ध पार्दै युरोकपमा सुखद सुरुवात गर्न चहान्छ । गत नोभेम्वरमा नेसन्स लिगमा हंगेरीसँग २–० ले पराजित भएयता अपराजित टर्कीले त्यसपछि चार जित र दुई बराबरीको नतिजा निकालेको छ । टोलीसँग बुराक यिल्माज, हकान कलहानोग्लु, काल्गर सोयन्कु, मेरिय डेमिरल र ओजान तुफानजस्ता खेलाडीको साथ रहेको छ ।

समूह विभाजन

समूह ‘ए’ – (रोम/बाकु) – टर्की, इटाली (आयोजक), वेल्स र स्वीट्जरल्यान्ड
समूह ‘बी’ – (कोपेनहेगन/सेन्ट पिटर्सवर्ग) – डेनमार्क (आयोजक), फिनल्यान्ड, बेल्जियम र रसिया (आयोजक)
समूह ‘सी’ – (आम्स्टरडम/बकारेस्ट) – नेदरल्यान्ड्स (आयोजक), युक्रेन, अष्ट्रिया र नर्थ म्यासेडोनिया
समूह ‘डी’ – (लन्डन/ग्लास्गो) – इंग्ल्यान्ड (आयोजक), क्रोएसिया, स्कटल्यान्ड (आयोजक) र चेक रिपब्लिक
समूह ‘ई’ – (सेभिया/सेन्ट पिटर्सवर्ग) – स्पेन (आयोजक), स्वीडेन, पोल्यान्ड र स्लोभाकिया
समूह ‘एफ’ – (म्युनिख/बुडापेस्ट) – हंगेरी (आयोजक), पोर्चुगल (च्याम्पियन), फ्रान्स र जर्मनी (आयोजक)

युरो कपको खेल तालिका नेपाली समयअनुसार

विश्वमा निकै नै लोकप्रिय क्लब फुटबलको यो सिजन सकिदैछ । तर, क्लब फुटबल सकिने संघारमा रहँदा अब सबैको ध्यान युरो कपमा रहनेछ ।

गत वर्ष नै हुनुपर्ने युरोकप कोभिड –१९ को महामारीका कारण एक वर्ष पछि सारिदा यसपटक हुन लागेको हो । यस वर्षको युरोकप युरोपका ११ शहरमा ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुकारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ । उद्घाटन खेल इटालीको रोममा तथा सेमिफाइनल देखिका खेलहरु इंग्ल्यान्डको लन्डनमा हुनेछ ।

युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ । हरेक समूहका शीर्ष दुई टोली र तेस्रो हुनेमध्येको उत्कृष्ट तीन टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

समूह चरण

शुक्रबार ११ जुन

१. समूह ‘ए’ – टर्कीविरुद्ध इटाली (राति १२:४५ बजे/रोम)

शनिबार १२ जुन

२. समूह ‘ए’ – वेल्सविरुद्ध स्वीट्जरल्यान्ड्स (साँझ ६:४५ बजे/बाकु)
३. समूह ‘बी’ – डेनमार्कविरुद्ध फिनल्यान्ड (राति ९:४५ बजे/कोपेनहेगन)
४. समूह ‘बी’ – बेल्जियमविरुद्ध रसिया (राति १२:४५ बजे/सेन्ट पिटर्सवर्ग)

आइतबार १३ जुन

५. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध क्रोएसिया (राति ६:४५ बजे/लन्डन)
६. समूह ‘सी’ – अष्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया (राति ९:४५ बजे/बुकारेस्ट)
७. समूह ‘सी’ – नेदरल्यान्डस्विरुद्ध युक्रेन (राति १२:४५ बजे/आम्स्टरडम)

सोमबार १४ जुन

८. समूह ‘डी’ – स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (राति ६:४५ बजे/ग्लास्गो)
९. समूह ‘ई’ – पोल्यान्डविरुद्ध स्लोभाकिया (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)
१०. समूह ‘ई’ – स्पेनविरुद्ध स्वीडेन (राति १२:४५ बजे/सेभिया)

मंगलबार १५ जुन

११. समूह ‘एफ’ – हंगेरीविरुद्ध पोर्चगल (राति ९:४५ बजे/बुडापेस्ट)
१२. समूह ‘एफ’ – फ्रान्सविरुद्ध जर्मनी (राति १२:४५ बजे/म्युनिख)

बुधबार १६ जुन

१३. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध रसिया (राति ६:४५ बजे/सेन्ट पिटर्सवर्ग)
१४. समूह ‘बी’ – टर्कीविरुद्ध वेल्स (राति ९:४५ बजे/बाकु)
१५. समूह ‘ए’ – इटालीविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे/रोम)

बिहीबार १७ जुन

१६. समूह ‘सी’ – युक्रेनविरु४ नर्थ म्यासेडोनिया (राति ६:४५ बजे/बुकारेस्ट)
१७. समूह ‘बी’ – डेनमार्कविरुद्ध बेल्जियम (राति ९:४५ बजे/कोपेनहेगन)
१८. समूह ‘सी’ – नेदरल्यान्ड्सविरुद्ध अष्ट्रिया (राति १२:४५ बजे/आम्स्टरडम)

शुक्रबार १८ जुन

१९. समूह ‘ई’ – स्वीडेनविरुद्ध स्लोभाकिया (राति ६:४५ बजे/सेन्ट पिटर्सवर्ग)
२०. समूह ‘डी’ – क्रोएसियाविरुद्ध चेक रिपब्लिक (राति ९:४५ बजे/ग्लास्गो)
२१. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (राति १२:४५ बजे/लन्डन)

शनिबार १९ जुन

२२. समूह ‘एफ’ – हंगेरीविरुद्ध फ्रान्स (राति ६:४५ बजे/बुडापेस्ट)
२३. समूह ‘एफ’ – पोर्चुगलविरुद्ध जर्मनी (राति ९:४५ बजे/म्युनिख)
२४. समूह ‘ई’ – स्पेनविरुद्ध पोल्यान्ड (राति १२:४५ बजे/सेभिया)

आइतबार २० जुन

२५. समूह ‘ए’ – इटालीविरुद्ध वेल्स (राति ९:४५ बजे/रोम)
२६. समूह ‘ए’ – स्वीट्जरल्यान्डविरुद्ध टर्की (राति ९:४५ बजे/बाकु)

सोमबार २१ जुन

२७. समूह ‘सी’ – नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे/आम्स्टरडम)
२८. समूह ‘सी’ – युक्रेनविरुद्ध अष्ट्रिया (राति ९:४५ बजे/बुकारेस्ट)
२९. समूह ‘बी’ – रसियाविरुद्ध डेनमार्क (राति १२:४५ बजे/कोपेनहेगन)
३०. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध बेल्जियम (राति १२:४५ बजे/सेन्ट पिटर्सवर्ग)

मंगलबार २२ जुन

३१. समूह ‘डी’ – चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे/लन्डन
३२. समूह ‘डी’ – क्रोएसियाविरुद्ध स्कटल्यान्ड (राति १२:४५ बजे/ग्लास्गो)

बुधबार २३ जुन

३३. समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन (राति ९:४५ बजे/सेभिया
३४. समूह ‘ई’ – स्वीडेनविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग
३५. समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी (राति १२:४५ बजे/म्युनिख)
३६. समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स (राति १२:४५ बजे/बुडापेस्ट)
२४ र २५ जुनमा विश्राम

प्रि–क्वाटरफाइनल

शनिबार २६ जुन

३७. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को उपविजेता (राति ९:४५ बजे/आम्स्टरडम)
३८. समूह ‘ए’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति १२:४५ बजे/लन्डन)

आइतबार २७ जुन

३९. समूह ‘सी’ को विजेता र समूह डी, ई र एफको तेस्रो हुने टोली (राति ९:४५ बजे/बुडापेस्ट)
४०. समूह ‘बी’ को विजेता र समूह ए, डी, ई र एफको तेस्रो हुने टोली (राति १२:४५ बजे/सेभिया)

सोमबार २८ जुन

४१. समूह ‘डी’ को उपविजेता र समूह ‘ई’ को उपविजेता (राति ९:४५ बजे/कोपेनहेगन)
४२. समूह ‘एफ’को विजेता र समूह ए, बी र सीको तेस्रो हुने टोली (राति १२:४५ बजे/बुकारेस्ट)

मंगलबार २९ जुन

४३. समूह ‘डी’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ९:४५ बजे/लन्डन)
४४. समूह ‘ई’ को विजेता र समूह ए, बी, सी र डीको तेस्रो हुने टोली (राति १२:४५ बजे/ग्लास्गो)

३० र १ जुलाईमा विश्राम

क्वाटरफाइनल

शुक्रबार २ जुलाई

४५. खेल नम्वर ४१ को विजेता र खेल नम्वर ४२ को विजेता (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)
४६. खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२:४५ बजे/म्युनिख)

शनिबार ३ जुलाई

४७. खेल नम्वर ४३ को विजेता र खेल नम्वर ४४ को विजेता (राति ९:४५ बजे/बाकु)
४८. खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता (राति १२:४५ बजे/रोम)
४ र ५ जुलाईमा विश्राम

सेमिफाइनल

मंगलबार ६ जुलाई

४९. खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता (राति १२:४५ बजे लन्डन)
५०. खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता (राति १२:४५ बजे लन्डन)
८, ९ र १० जुलाईमा विश्राम

फाइनल

आइतबार ११ जुलाई

खेल नम्वर ४९ र खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे/लन्डन)



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment