निषेधाज्ञा एक साता थपिने, नाकामा कडाई गरेर काठमाडौंमा खुकुलो पारिने

२८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ पछि पनि एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच एक साता निषेधाज्ञा थप गरिने गृहकार्य भएको हो । निषेधाज्ञा थप गर्ने विषयमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको जनाईएको छ ।

एक साता निषेधाज्ञामा कडाई गरेर पुनः विस्तारै खुला गर्ने तयारी भएपनि पुनः एक साता थप गर्ने तयारी भएको हो । एक साता निषेधाज्ञा थप गर्ने विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा गर्दापनि कोरोना संक्रमितको संख्यामा कमी नआएपनि पुनः एक साता थप गर्ने विषयमा छलफल भएको हो ।
उनले निषेधाज्ञा एक साता थप गरेतापनि केही खुकुलो भने हुनसक्ने जानकारी दिए ।

काठमाडौं भित्रने तथा बाहिरिने नाकामा कडाई गर्ने तयारी भएको छ । निषेधाज्ञाको समयमा उपत्यकामा संक्रमतिको संख्यामा कमी नआएपछि नाकामा कडाई गरी तीन जिलामा खुकुलो बनाइन लागिएको हो ।

यसअघि बिहान ९ बजेसम्म मात्र किराना, खाद्यान्न तथा डिपार्टमेण्टल स्टोरहरु खुला भएकोमा एक घण्टा थप गरेर १० बजेसम्म खुल्न दिईनेछ भने विकास निर्माणका कामहरु सुचारु हुनेछन ।

असारपछिको निषेधाज्ञामा मोडालिटी परिवर्तन गरी सवारी–साधनमा जोर–बिजोर लागु गरिने बताइँदै आएको छ । ‘स्वास्थ्य मापदण्ड पालना नहुनुले संक्रमणदर नघटेको सरोकारवालाहरुको निष्कर्ष रहेको छ । निषेधाज्ञा लम्ब्याउने कि हटाउने भन्नेबारे सरकारले स्थानीय प्रशासनलाई अधिकार दिएको छ । त्यसैले निषेधाज्ञा थप गर्ने तयारी थालेका छौं’, प्रजिअ पराजुलीले भने । पछिल्लो पटक काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको थियो । त्यो जेठ ३१ गते राति १२ बजेसम्म कायम छ ।

दोस्रो लहरको कोरोना संक्रमितको संख्यामा बृद्धि भएको भन्दै गत बैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा निषेधात्रा लागु गरिएको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment