कटुवा पेस्तोल तथा लागूऔषध सहित पक्राउ

२८ जेठ, मोरङ । सुनवर्षी नगरपालिका-८ बिश्वकर्मा टोल बस्ने ६० वर्षीय अब्बास मियालाई १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली, १ सय मिलिलिटरको अवैध लागूऔषध स्काफ २ बोतल, नाइट्राभेट ६ सय ट्याब्लेट र १ थान चक्कु सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मियाको घरमा हातहतियार राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको

प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment